
काठमाडौं, असोज ३१ । दशैं बिदा पछिको पहिलो शेयर कारोबारमा दोहोरो अंकको सुधार आयो ।
कारोबार भने डेढ अर्बमा सीमित भयो । उतार चढावबीच नेप्से १७ अंकले उकालो लागेर २६ सय ५६ पुग्यो ।
सामुहिक लगानीकोष बाहेक अरु सबै समूहमा हरियाली छायो ।
बीमा र होटल तथा पर्यटन समूहमा सय अंक माथिको बृद्धि आउँदा अरु समूह पनि अधिकांश समूह दोहोरो अंकले उक्लिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १८ कम्पनीको ४७ लाख ६० हजार कित्ता शेयर १ अर्ब ४९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्