१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तरकारी र फलफूलको भाउ घट्न थाल्यो


0
Shares

काठमाडौं, कात्तिक १ । दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुँदा तरकारी तथा फलफूलको मुल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो ।

दशैंको समयमा खासगरी गोलभेडा, काक्रो, काउली लगायतका केही बस्तुको मुल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।

दशैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुले गुनासो थियो । तर, दशैं सकिएसँगै तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

उहाँले माग सामान्य हुदैं गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुदैं गएको काराण मूल्य घट्ने क्रम जारी रहेको बताउनुभयो । मोलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उहाँले बताउनुभयो ।

समितिका उपनिर्देशक श्रेष्ठले यसबर्ष बढी बर्ष भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गर्नुभयो । यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको बताउनुभयो ।

दशैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठसय टनसम्म समान भित्रिएको थियो । अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाई छ ।

दशैं, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्याधिक वृद्धि गर्ने गरेको छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तिब्रता दिने गरेपनि व्यापारीहरुले भने हरेक बर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन् ।