८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु


0
Shares

डडेल्धुरा, कात्तिक २ । डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेलधुरामै पहिरोमा परेर अमरगढी नगरपालिकाका अन्य थप दुई जना घाइते भएका छन् ।