१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा सडक अवरुद्ध हुँदा आफ्नो कार्य क्षेत्रमा फर्किन समस्या


0
Shares

बागलुङ, कात्तिक ३ । अविरल वर्षाले बागलुङका सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकालाई कार्य क्षेत्रमा फर्किन समस्या भएको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण ग्रामीण तथा मुख्य सडक अवरुद्ध हुँदा दशैंको बिदामा घर गएकाहरुलाई कार्य क्षेत्रमा फर्किन समस्या भएको हो ।

निरन्तर वर्षाका कारण मध्य पहाडी लोकमार्गको विभिन्न स्थान तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

वर्षाले आएको बाढीले जिल्लाको निसीखोला गाउँपालिका– २ स्थित खाडुमा मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध भएको सडकलाई खुलाउने प्रयास गरे पनि पानी परेका कारण समस्या भएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा यस लोकमार्ग हुँदै चल्ने साना तथा ठूला सवारी साधन चल्न सकेका छैनन् । लोकमार्ग जोड्ने शाखा सडकहरु पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् ।