१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ


0
Shares

काठमाडौं, कात्तिक ४ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोटका घर भइ काठमाडौंको कोटेश्वरमा बस्दै आएका चित्रबहादुर पुन रहेका छन् ।

प्रहरीले लोकन्थलीमा गरिरहेको नियमित चेकजाँचका क्रममा गयराती उनलाई पक्राउ गरेको हो ।

पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पति शुद्वीकरण अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।