
बुटवल, पुस २१ । प्रदेश ५ सरकारले माघे सक्रान्तिमा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस मसान्त र माघ १ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय समेत गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ ।
बैठकले एक निर्देशक सहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्