
एजेन्सी । जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा शक्तिशाली राष्ट्रले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनको प्रयास थालेका छन् ।
आर्थिक रुपमा सम्पन्न देशहरुले खनिज इन्धन विस्थापनको गति कम गर्न खोजेको बीबीसीले उल्लेख गरेको छ ।
साउदी अरेबिया, जापान र अस्ट्रेलिया सहितका राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग जलवायु परिवर्तनको असर न्यूनीकरण तथा तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनको प्रयोग सीमित गर्नुपर्ने धारणा राखेका हुन् ।
जलवायु परिवर्तन सम्बन्धी तथ्यगत वैज्ञानिक अनुसन्धानलाई ‘डाउन प्ले’ गर्नका लागि पक्षपोषण गरिएको कुराले नजिकिँदै गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनलाई लिएर प्रश्न खडा भएको छ ।
जलवायु परिवर्तनलाई सुस्त गर्न र तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि ‘महत्वाकांक्षी’ योजना र बाचा गर्नुपर्ने बेला कोप २६ को केही दिनअघि यी देशले संयुक्त राष्ट्रसंघलाई दबाब दिइरहेको देखिएको हो । कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतमा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्