१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


आलमविरुद्ध मुद्दाको सुनुवाई स्थगित


0
Shares

काठमाडौं, कात्तिक ५ । ईंटा भट्टामा हालेर मान्छे मारेको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पनि स्थगित भएको छ ।

न्यायाधिशद्वय आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि महान्यायाधिवक्ताको कार्यलयको माग बमोजिम शुक्रबार सुनुवाई स्थगित भएको हो ।

आलमविरुद्धको मुद्दामा सर्वोच्चामा ११ पटक पेशी चढेपनि हालसम्म एक पटक पनि सुनुवाई हुन सकेको छैन । २०७७ असोज १२ गते आलमले जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राखेर मुद्दा चलाउन गरेको आदेशविरुद्ध जमानतको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

२०६४ सालको चैतमा भएको संविधानसभा निर्वाचनका क्रममा चुनाव जित्न रौतहटमा बम विस्फोट गराएको र जीवित रहेकालाई इँटा भट्टामा हालेर मारेको आरोप आलमलाई छ । सो काण्डमा रौतहटबाट प्रत्यक्ष निर्वाचित तत्कालिन प्रतिनिधिसभा सदस्य आलम घटना भएको १२ वर्षपछि पक्राउ परेका थिए ।