१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ माग गर्दै प्रदर्शन गरेको हो ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनपुरका प्रमुख राजेश कुशहवालाई हिजो जनमत पार्टीका कार्यक्रताले कुटपिट गरेका थिए ।

जनकपुरमा खनिएको ढलको खाल्डो नपुरेर नागरिकलाई सास्ती दिएको भन्दै राउतका कार्यक्रताले प्रमुख कुशवाहालाई कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै कर्मचारीले आन्दोलन गरेका हुन् ।