
काठमाडौं, कात्तिक ७ । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा एमाले संसदमा निवेदन दर्ता गराएका छन् ।
एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज सभामुखलाई पत्र लेख्दै प्रदेशसभा बैठक स्थगित गरी कात्तिक १५ गते मात्रै बोलाउन आग्रह गर्नुभएके हो ।
कात्तिक ९ गते पार्टीको पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटीको बैठक तथा १२ र १३ गते पार्टीको केन्द्रीय कमिटीको बैठक भएकाले प्रदेशसभाको बैठक कात्तिक १५ गते मात्रै सञ्चालन गर्न एमालेले आग्रह गरेको छ । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा आउने भएका कारण प्रदेशसभा बैठक रोक्न निवेदन दिएको बताएका छ ।
प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस र एमालेले विभिन्न कारण देखाएर प्रदेशसभा बैठब स्थगित गर्न माग गरेको भए पनि मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पद लम्ब्याउन र कांग्रेसले मुख्यमन्त्रीमा आफ्ना्े भाग खोज्नका लागि बैठक स्थगित गर्न खोजेको नेताहरुले बताएका छन् ।
गत असोज २५ गते प्रदेशसभा सचिवालयतमा दर्ता गरी गत शुक्रबार प्रदेशसभामा पेश गरिएको विश्वासको मत सम्बन्धि प्रस्तावलाई आज संसदमा टेबल गर्ने कार्यक्रम थिया्े । नेकपा एमाले विभाजित भएपछि प्रदेश १ को प्रदेशसभामा एमाले अल्पमतमा परेको छ ।
एमालेसंग ४१ मत रहे पनि सभामुख र एक जना फरार सांसद घटाउँदा ३९ मत मात्रै रहेको छ । तर विपक्षी गठबन्धनले भने आपूmसंग ५० मत रहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्