
एजेन्सी । एमनेष्टी इन्टरनेशनलले हङकङमा रहेको आफ्नो सम्पर्क कार्यालय बन्द गरेको छ ।
हङकङले हालै जारी गरेको राष्ट्रिय सुरक्षा कानूनका कारण आफ्नो सम्पर्क कार्यालय बन्द गरेको एमनेष्टीले जनाएको छ ।
चीनले लागू गरेको नयाँ कानूनका कारण मावनअधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न असहज भएकाले एमनेष्टीको कार्यालय बन्द गर्नुपरेको मानवअधिकारवादी संघ संस्थाहरुले जनाएका छन् । एमनेष्टीले ४० वर्षदेखि हङकङमा आफ्नो कार्यालय स्थापना गरेर काम गरिरहेको थियो ।
हङकङमा हालै जारी भएको राष्ट्रिय सुरक्षा कानुनले पृथकता, विद्रोही, आतंकवाद र विदेशी शक्तिहरुसँगको सम्बन्धलाई गैरकानुनी औंल्याएको छ । सो कानुनको आलोचनामा लामो समय विरोध भएपनि चीनले आफ्नो निर्णय गलत नभएको बताउँदै आएको छ ।
उसले हङकङलाई स्थिर राख्न पनि सो कानुन आवश्यक रहेको चिनियाँ अधिकारीहरुको दावी छ । एमनेष्टीका अध्यक्ष अन्जुला म्या सिंहले विभिन्न देशका एमनेष्टीले स्थानीय कानुनका कारण ३५ भन्दा बढी एमनेष्टीका समूह विघटन गरेको दावी गर्नुभएको छ ।
चीनको पछिल्लो निर्णयले मानवअधिकारवादी संगठनहरुलाई स्वतन्त्र रुपमा काम गर्न अंकुश लगाइएको पनि एमनेष्टीको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्