
काठमाडौं, कात्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
नेपालका लागि भारतीय पूर्वराजदुत रञ्जित रेद्धारा लिखित पुस्तकका विषयमा भएको अन्तरक्रियामा अध्यक्ष दाहालले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभामा नेपाल आएर स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा सांसदहरुले तालि बजाएको स्मरण गर्दै ताली बजाउनेहरुलाई ताली बजाइरहने बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले दुई मुलुकबीच सीमा समस्या रहेको भन्दै विवादलाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गर्नुभयो ।
उहाँले दुई मुलुकले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपु¥याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा सम्बन्ध सुदृढ हुने बताउनुभयो । नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन भारतको सकारात्मक धारणा भएका कारण सम्भव भएको अध्यक्ष दाहालको भनाइ थियो ।
भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी र तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उहाँको तर्क छ ।
अध्यक्ष दाहालले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजि झुठो भएको पनि जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्