६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जापानकी राजकुमारीले गरिन् प्रेम विवाह, गुम्यो पदवी


0
Shares

एजेन्सी । राजकीय हैसियत त्याग गरेर जापानकी राजकुमारीले आफ्नो प्रेमीसँग विवाह गरेकी छन् ।

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन् ।

सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ । कोमुरो र माकोले कलेजमासँगै पढेका थिए ।

जापानको कानूनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन ।

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् । राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरेकी छिन् । यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन् ।

नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ । कोमुरो अमेरिकामा वकिल छन् ।

माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ । केहीले उनीहरूलाई जापानका ह्यारी र मेगनको सङ्ज्ञा दिएका छन् । दरबारबाट बाहिरिँदै गर्दा उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन् ।