८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रुकुम पश्चिममा जिप दुर्घटना, १२ घाइते, ३ को अवस्था गम्भिर


0
Shares

दाङ, पुस २३ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट तर्फ जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जिप सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । गाडी चालक तिलक विक भने फरार छन् ।