१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ६६६ संक्रमित, ११ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ९ । पछिल्लो २४ घण्टामा नेपालमा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् छन् ।