८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रकृतिको संरक्षण गर्नु आजको मुख्य आवश्यकता : अध्यक्ष नेपाल


0
Shares

सर्लाही, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।

बुधबार सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको नवनिर्मित महिला संरक्षण भवनको उद्धघाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको हो ।

अहिले नेपाल बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद्को जोखिममा रहेको र गत हप्तामात्रै धेरै मात्रामा जनधनको क्षति हुुनुको मुख्य कारण प्रकृतिको संरक्षण गर्न नसक्नु भएको उहाँले बताउनुभयो ।

प्र्रदेश सभा सदस्य बेची लुंगेलीको सँसदीय विकास कोषको ३५ लाख बराबरको लागतमा बनेको महिला संरक्षण भवनको नेपालले उद्धघाटन गर्नुभएको हो ।