१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ६७२ संक्रमित, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७, भक्तपुरमा १५ र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार २९६ सक्रिय संक्रमित रहेका छन् ।