
काठमाडौं, कात्तिक १० । सरकारले कोभ्याक्स कार्यक्रम अन्र्तगतको चीनसँग सहभागितामा खरिद गरेको भेरोसेल खोप नेपाल आएको छ ।
५९ लाख डोज खोप मध्ये पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो ।
खोप टेकु स्थित भण्डारण केन्द्रमा राखिएको छ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स कार्यक्रम अन्र्तगत खरिद र अनुदानमा १ करोड २० लाख डोज खोप प्राप्त गर्ने जनाएको छ ।
कोभ्याक्स कार्यक्रम अन्र्तगत निकै नै कम लागतमा खोप खरिद गर्ने मन्त्रालयको दाबी छ ।
कोभ्याक्स कार्यक्रम अन्र्तगत हाल सम्म एस्ट्राजेनेका, कोभिशील्ड र जनसनको खोप नेपाल आईसकेको छ । सरकारले यस अघि चीन सँग ६० लाख डोज खोप खरिद गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्