
विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् ।
बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका हुन् ।
कारखाना श्रमिक संघले ९९ मत र निकटतम प्रतिद्वन्दी एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त गरेको संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले जानकारी दिनुभयो ।
आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रत्येक दुई दुई वर्षमा हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्