१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


युथ २३ एसियन कप फुटबलको छनौटमा आज नेपाल र ताजकिस्तान भिड्दै


0
Shares

काठमाडौं, कात्तिक ११ । ताजकिस्तानमा जारी एएफसी युथ २३ एसियन कप फुटबलको छनौटमा बिहीबार नेपालले घरेलु टोलीको सामना गर्नेछ ।

नेपाल र ताजिकिस्तानबीचको खेल रिपब्लिकन सेन्ट्रल रंगशालमामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

छनोटको समूह बी मा रहेको नेपाल पहिलो अंकको खोजीमा छ । जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई बलियो टोली इरानले ४–० ले हराएको थियो ।

ताजकिस्तान भने लगातार दोस्रो जितको खोजीमा रहनेछ । पहिलो खेलमा उसले लेबनानलाई हराएको थियो । समूहमा ३–३ अंक जोडेका इरान र ताजिकिस्तान शिर्ष दुई स्थानमा रहेका छन् ।

अंकबिहिन लेबनान तथा नेपाल पुछारमा छन् । छनोट चरणको अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

समूहको शीर्ष टोली एएफसी यू–२३ एसियन कपका लागि छनौट हुनेछ । ११ सुमहका दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।

युथ २३ एसियन कप अर्को वर्ष जुन १ देखि उज्वेकिस्तानमा हुनेछ ।