१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानन्यायाधीश राणाले तोके ८ इजलास


0
Shares

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतले बिहीबारका लागि ८ वटा इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोक्नुभएको छ ।

सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् ।

सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गर्नुभएको थिएन । तर बुधबार उहाँले आफ्नो एकल इजलासमा पाँचवटा निवेदनमा सुनुवाइ गर्नुभएको थियो ।

बिहीबारका लागि पनि उहाँले आफ्नो एकलसहित ८ इजलास तोक्नुभएको हो ।

प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । राजीनामाको माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन् ।

बिहीबारका १६७ मुद्दाको पेशी तोकिएको छ ।