
काठमाडौं, कात्तिक १२ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ ।
कोरोनाका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ ।
अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएको पर्यटन व्यवसायी सोम थापा बताउँछन् ।
पोखरा आउने अधिकांश पाहुना घान्द्रुक, मार्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पदमार्गका लागी निस्किने गरेका छन् । मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गए पनि ती क्षेत्रमा आन्तरीक पर्यटको भिड बढेको हो ।
पोखरामा पर्यटन क्षेत्रमा निजी क्षेत्रले ५ अर्व रुपैयाँ बढीको लगानी गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको भए पनि अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्नुहुन्छ ।
पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर ,प्याराग्लाइडिङ लगायतका साहसिक खेलमा भीडभाड बढेको छ ।
प्रतिक्रिया दिनुहोस्