
web pic
चितवन, कात्तिक १२ । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा भरतपुर ५ बिकासचोक बस्ने ४६ वर्षीय सूलोचना ढकाल रहेकी हुन् ।
शुक्रबार दिउँसो मंगलपुरबाट चौबिस कोठी आइरहेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोहि दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ स्कुटरलाई कल्याणपुरमा ठक्कर दिएको हो । ठक्करपछि गम्भिर घाइते ढकाललाई उपचारका लागि नयाँ मेडिक कलेज ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरो र चालक नियन्त्रणमा रहेको अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्