
काठमाडौं, कात्तिक १४ । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ ।
ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर महानगपालिकाले दिन थालेको दावी गरेको छ । महानगर भित्रका ८ हजार ५ सय जेष्ठ नागरिकलाई सो खोप दिने लक्ष्य रहेको बताइएको छ ।
पहिलोचरणमा ५ हजार ५ सय जनालाई खोप दिइने र दोस्रो चरणमा बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।
सो खोप लगाएपछि निमोनियाबाट बच्न सकिने चिकित्सकहरुले जनाएका छन् । ललितपुर महानगरपलिकाको वडा नम्बर १ बाट वितरण सुरु गरिएको खोप १७ गते सम्ममा सबै वडाबाट सम्म्पन्न गरिने उपमेयर गीता सत्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्