६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ओली सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल


0
Shares

काठमाडौंं, कात्तिक १४ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको समेत बताउनुभयो । उहाँले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गर्नुभयो ।

देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने उहाँको भनाई छ । आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटो भन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको अध्याक्ष नेपालको भनाई छ ।