२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाढीले मोरङ औद्योगिक करिडोरमा साढें दुई अर्बको क्षति


0
Shares

काठमाडौं, कात्तिक १४ । बेमौसमी वर्षाले मोरङ औद्योगिक क्षेत्रमा मात्र साढें २ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ ।

उद्योग संगठन मोरङले यस क्षेत्रका ४१ वटा उद्योगमा गरेको सर्वेक्षण प्रतिवेदन अनुसार कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण २ अर्ब ४८ करोड बराबरको क्षति भएको छ । जसमध्ये मेशिन औजारमा ८९ करोड बराबर, कच्चा मालवस्तुमा ७१ करोड बराबर, तयारी वस्तुमा ७६ करोड बढी क्षति भएको संगठनले जनाएको छ ।

त्यसैगरि, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक लगायतका खर्चहरु र उत्पादनको अवसर मुल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको पनि जनाइएको छ । ४ वटा उद्योग अझै पूर्ववत सञ्चालनमा आउन नसकेको पनि जनाइएको छ ।

करिडोरका उद्योगीहरुले अप्रत्याशित रुपमा आएको वाढीले उद्योग/व्यवसायलाई पारेको क्षतिलाई राज्यले गम्भीर रुपमा लिई आगामी दिनमा पूर्वाधार निर्माणमा सचेत हुुनुपर्नेमा जोड दिएका छन् ।