
चितवन, पुस २५ । पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटर साइकलमा सवार ३५ वर्षीय इन्द्रबहादुर तामाङ र २५ वर्षीय सुगम तामाङ रहेका छन् ।
राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ट्याङकरले बिहीबार राति ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्