
काठमाडौं, पुस २५ । पाटन उच्च अदालतले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यति समूहले बनाउँदै गरेको भवनको निर्माण कार्य रोक्न आदेश दिएको छ ।
भवनको बाहिरी संरचनाको काम पूरा भई भित्र निर्माण जारी रहेको बेला अदालतको यस्तो आदेश दिएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार (आज) निर्माण रोक्न आदेश दिएको हो ।
उच्च अदालतले दुवै पक्षलाई आगामी माघ १ गते छलफलका लागि बोलाएको छ । अवैधानिक ढंगबाट सरकारले नेपाल ट्रस्टको जग्गा भाडामा दिएको भन्दै निर्माण कार्य रोक्न माग गर्दै अधिवक्ता परिवर्तन राईले उच्च अदालतमा निवेदन दिएका छन् ।
सरकारले यति समूह अन्तर्गतको थामसेर्कु प्रालिलाई दरबारमार्गमा रहेको १ रोपनी १४ आना जग्गा ३० वर्षका लागि मासिक चार लाख १६ हजार रुपैयाँका दरले भाडामा दिएको हो ।
प्रतिक्रिया दिनुहोस्