
काठमाडौं, कात्तिक १५ । साताको पहिलो दिन उच्च अंकले सुधार आएको नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार बजार परिसुचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १९ बिन्दुमा आई थामियो ।
सोमबार कारोबार भएका धेरै जसो समुहमा गिरावट आएसँगै बजार परिसुचक नेप्से पनि ओरालो लागेको हो ।
सोमबार उत्पादनमुलक समुह सबैभन्दा उच्च १ सय २० अंकले ओरालो लाग्दा जीवन बिमा, जलविद्युत, नीर्जिवन बिमा, विकास बैंक, वित्त, वाणिज्य बैंक, अन्य र व्यापार समुहमा दोहोरो अंकको गिरावट आएको हो ।
सोमबार ४३ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज २ सय २६ कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर ७ अर्ब ७७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्