
फाइल तस्बिर
काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ ।
सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब साढे ३ वर्षपछि राजीनामा दिनुभएको हो ।
गठबन्धनमा मुख्यमन्त्री अब कांग्रेसले लिने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्