१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सुनको मूल्य वृद्धि


0
Shares

काठमाडौं, कात्तिक १६ । सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलबार सुनको मूल्य तोलाको दुई सयले बढेर तोलाको ९२ हजारमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार चाँदीको मूल्य तोलाको पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको महासंघले बताएको छ। सोमबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ थियो ।