१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तिहारको मुख्य दिन आज, भाइटीका लगाइँदै, साइत खोज्नेलाई ११ बजेर २ मिनेट उत्तम


0
Shares

काठमाडौैं, कात्तिक २० । नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका । आज दिदीबहिनीले आ–आफ्ना दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् ।

भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तर आफ्ना दाजुभाई र दिदीबहिनीबीच तिहारको टीका लगाउन साइत नै पर्खन नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । राज्य सञ्चालकहरुले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणलाई भने सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँको भनाइ छ ।

यसअघि, कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक मंगलबारबाट शुरु भएको थियो ।

उता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि नेपालसहित विभिन्न देशमा रहने नेपालीले टीका लगाउने साइत पनि सार्वजनिक गरेको छ ।