९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सभामुख चयन नहुँदा प्रतिनिधिसभा अनिर्णयको बन्दी : संसदीय व्यवस्थाकै बदनाम !


0
Shares

अक्कल कुँवर र दिलीप पोखरेल (इमेज)

काठमाडौं, पुस २७ । प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको चार महिनासम्म सभामुख चयनको प्रक्रिया सुरु हुन सकेको छैन ।

सभामुख निर्वाचन आरम्भ गर्न भन्दै प्रतिनिधि सभाको बैठक डाक्ने तर सूचना टाँसेर स्थगित गर्ने श्रृंखला आइतबार पनि जारी रह्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन औपचारिक रुपमै आग्रह गरिसकेको छ । 

तुम्बाहाम्फेले पार्टीको निर्णय अस्वीकार गर्दै यो रिपोर्ट तयार पार्दासम्म राजीनामा गर्न अट्टेर गरिरहेकी छिन् । एकातिर उपसभामुखले राजीनामा नदिने अर्कोतिर सत्तारुढ दल नेकपाले सभामुख कस्लाई बनाउने भनेर निर्णय लिन नसक्दा नयाँ सभामुख चयन प्रक्रिया सुरु हुन नसकेको हो । 

यही पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनपछि संसदको तीन वटा बैठक सूचना टाँसेर स्थगित भएपछि सांसदहरु आक्रोशित बनेका छन् । प्रतिपक्षी सांसदहरुले नेकपाले संसदीय व्यवस्थाकै बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

सत्तारुढ दल नेकपाकै सांसदहरु पनि लगातार संसद बैठक स्थगनबाट आम नागरिकमा गलत सन्देश प्रंभावित भएको ठानिरहेका छन् । बैठक लगातार स्थगित हँुदा संसदले गर्नुपर्ने महत्वपूर्ण कामहरु प्रभावित भएका छन् ।

सभामुख चयनमात्र होइन, महत्वपूर्ण विधेयक र संकल्प प्रस्तावमाथिको छलफल रोकिएको छ भने सांसदहरुले जनताका आवाज उठाउन पाएका छैनन् ।