
काठमाडौं, कात्तिक २२ । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनाको नमूना परीक्षणमा ३ सय ९० जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ। सोहि अवधिमा कूल दुई हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा ४२५ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्