
एजेन्सी । रुसमा गएको २४ घण्टामा ३९ हजार बढी नागरिकमा कोरोनाको संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन ।
साथै यो अवधिमा यहाँ ११ सय ७९ जनाको ज्यान गएको छ । सरकारी तथ्यांकअनुसार करिब ८८ लाख मानिसमा यस्तो संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म २ लाख ४६ हजार ८ जनाको ज्यान गएको छ ।
रुसमा कोरोना भाइरसबाट हुने मृत्युदर २ दशमलव ८१ प्रतिशत रहेको समाचारमा जनाइएको छ । राजधानी मस्को सहरमा पछिल्लो २४ घण्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी जापानमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्यमा पुगेको हो ।
सन २०२० पछि पहिलोपटक जापानमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।
प्रतिक्रिया दिनुहोस्