
बझाङ, कात्तिक २२ । बझाङको जयपृथ्वी राजमार्ग बन्द भएको एक महिना वित्न लाग्दा समेत खुल्न सकेको छैन ।
अघिल्लो महिना लगातार ३ दिनसम्म परेको बेमौसमी पानीका कारण उक्त राजमार्ग अबरुद्ध भएको थियो ।
सेती नदीमा आएको बाढीले राजमार्गको जाल्या बगर र नारुगौडामा सडक क्षत विक्षत गरेका कारण राजमार्ग अवरुद्ध बनेको हो ।
राजमार्ग बगाई दिएपछि बझाङको सदरमुकाम सवारीका साधन बन्द भएका हुन् । राजमार्ग संचालनको लागी सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।
लामो समयदेखि सवारी साधन नचल्दा बजारमा दैनिक उपभोग्य सामानको मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्