८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मलामी जाँदै गरेका चन्द कार्यकर्ता पक्राउ


0
Shares

दाङ, पुस २८ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका दाङ जिल्ला सचिवालय सदस्य इश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान मलामी जाँदै गरेका उनलाई दाङको शिवपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरीहरनाथ योगीले जानकारी दिए ।

यसअघि प्रहरीले पाण्डेलाई गत फागुन २१ गते तुलसीपुरबाट पक्राउ गरेको थियो । फागुन २६ गते उच्च अदालत तुलसीपुरको आदेशमा उनी हिरासत मुक्त भएका थिए ।