१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


५३३ संक्रमित थपिँदा एक जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २३ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ९१८ पीसीआर र १८१८ एन्टिजेन परीक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ७ हजार ६१२ सक्रिय संक्रमित रहेका छन् ।