१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी नदी किनारमा छठको भव्य तयारी


0
Shares

चितवन, कात्तिक २३ । चितवनको नारायणी नदी किनारमा छठ पर्व मनाउनका लागि तयारी तीव्र पारिएको छ ।

पाँच दिनदेखि कार्य विभाजन गरेर पूजा गर्ने स्थल निर्माण गरिएको हो । अहिलेसम्म इट्टाबाट २१ वटा घाट बनाइएको र करिव ३० वटा सम्म निर्माण गर्ने तयारी रहेको छ । बुधबार दिउँसोदेखि भक्तालुहरुको भीड लाग्ने पूजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

कोरोनाका कारण केही वर्ष छठ मनाउन नपाएका उनीहरुले व्यस्थित टेण्ट टाँगेर सहजै पूजा गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छठ पूजा व्यवस्थापन समितिका संयोजक कृष्ण रौनीयारले जानकारी दिनुभयो ।

यस पटक भव्य रुपमा छठ पर्व मनाउन करिब साँढे २ लाख खर्चम पूजा गर्ने स्थानको व्यवस्थापन मिलाइएको र विद्युत् सप्लाई लगायतको कार्य अन्तिम चरणमा पुगेको छ ।

३९ घण्टासम्म भगवान सूर्यको कष्टपूर्ण आरधना गरिने यस चाडमा तराईवासी लगायत सम्पूर्ण नेपालीहरुले समेत मनाउने गरेका छन् । सोमबारबाट सुरु भएको छठ पूजा बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ ।

चितवनको सात ठाउँमा छठ पूजा हुनेगरेको छ । जिल्लाको नारायणी नदी, टाँडी, पर्सा, खैरहनी, पदमपुर, माडी लगायतका ठाउँमा छठ पूजा मनाउने गरिन्छ ।