
काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा ललितपुरले मोफसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सुरुआतबाट नै हावी भएको ललितपुरले पहिलो हाफमा नै चार गोल गरेको थियो ।
छनोट खेल अन्र्गत आजै सम्पन्न दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलको वर्षा गर्दै अन्तिम चारमा स्थान बनायो । धनगढीले बाँसगढीमाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
फराकिलो जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमा ७ तथा दोस्रो हाफमा ५ गोल थपेको थियो । विजयी शिवसताक्षीले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
यी दुई टोलीको भिडन्त भोलि हुँदै छ । दिनको पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुने छन् ।
प्रतिक्रिया दिनुहोस्