१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११ः११ अफरमा ३५ सयसम्म छुट


0
Shares

काठमाडौं, कात्तिक २३ । बैंक अफ काठमाण्डूका ग्राहकले दराजको ११ः११ अफर योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले दराजको ११.११ योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३५ सय सम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकका कार्डबाहक ग्राहकहले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५ सय सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।

यो योजनामा कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३५ सयसम्मको छुटसहित विभिन्न किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सकिने छ ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।