
काठमाडौं, कात्तिक २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा पुगेका कानुन व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको छ । सर्वोच्च अदालत परिसरभित्र प्रदर्शनका लागि वकीलहरु ब्यानरसहित पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनमा सहभागि एक कानुन व्यवसायीले सर्वोच्च अदालत प्रशसनको निर्देशनमा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप गराइएको टिप्पणी गरेका छन् । शान्तिपूर्ण प्रदर्शन रोक्न प्रहरी बल प्रयोग गरिएपछि केहीबेर अदालत परिसरभित्र हुलदंगाको अवस्था आएको हो ।
प्रहरीले कानुन व्यवसायीहरुलाई प्रदर्शनस्थलमा माइक राख्न नदिने र प्रदर्शनकारी राख्न पाउनुपर्ने पक्षमा रहेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनमा रहेका वकीलहरुलाई सर्वोच्च अदालतको मूलढोकामै प्रहरीले रोकेको हो ।
प्रहरी हस्तक्षेपपछि क्रूद्ध बनेका वकीलहरुले प्रधानन्यायाधीश राणाको राजीनामाका पक्षमा नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्