
सिन्धुली, कात्तिक २५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हालै गरेको मूल्य वृद्धिको बिरोधमा प्रमुख प्रतीपक्षि दल नेकपा एमाले सम्वद्ध युवा तथा बिद्यार्थी संगठनहरुले सिन्धुलीको विपि राजमार्गमा सडक जाम गर्दै निर्णयको बिरोध गरेका छन् ।
युवा संघ नेपाल र अनेरास्ववियुको संयुक्त आयोजनामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरिएको थियो ।
बिरोधका क्रममा सुरक्षाकर्मीहरुसंग सामान्य झडप पनि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्