
नवलपरासी, कात्तिक २५ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै नवलपरासीको कावासोलीमा अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
कावासोतीमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो ।
अनेरास्ववियूका जिल्ला संयोजक कृष्ण गैरेले जनताको ढाड सेक्नेगरि वृद्धि गरिएको पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य तत्काल फिर्ता लिन माग गरेका छन ।
अनेरास्ववियूका केन्द्रीय सदस्य केशव भुषाल, युवासंघका केन्द्रीय सदस्य श्याम थापा मगर, अखिलका जिल्ला सहसंयोजक सुरज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्