
काठमाडौं, पुस २९ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंलाई व्यवस्थित शहर बनाउन गृहकार्य भैरहेको बताए ।
केन्द्रीय मानन्धर संघको ६७ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आधुनिक शहरको परिकल्पना अनुसार काठमाडौंलाई व्यवस्थित बनाउन गृहकार्य भैरहेको बताए ।
राज्यमन्त्री मानन्धरले सामाजिक क्षेत्रको विकासमा मानन्धर संघको भूमिका महत्वपूर्ण रहेको भन्दै विकासको काममा लाग्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा समाजसेवी रघुवरभक्त मानन्धर र गंगादेवी मानन्धरद्वारा स्थापित प्रोफेसर रामभक्त सानोनानी शिक्षा पुरस्कारबाट माईक्रो बायोलोजिमा विद्यावारिधी गर्ने मन्दिरा मानन्धरलाई सम्मान गरिएको थियो ।
यस्तै स्थापना दिवसकै अवसरमा मानन्धर समुदायबाट विभिन्न क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्