१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ


0
Shares

काठमाडौं, कात्तिक २६ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

विद्यार्थीहरुले आयल निगमको टेकुमा रहेको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।