९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कालापानी, लिम्पियाधुरा र सुस्ता सहितको नक्शा सार्वजनीक


0
Shares

काठमाडौं, पुस २९ । सीमा बचाऔँ अभियानले कालापानी, लिम्पियाधुरा र सुस्ता समेत समेटेर नेपालको नक्शा सार्वजनिक गरेको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी भारतबाट अतिक्रमित भूमि समावेश गरी नक्शा सार्वजनिक गरिएको हो ।

नक्शा सार्वजनिक गर्दै अभियानका सदस्य प्राध्यापक नरेन्द्र खनालले सरकारले माग पुरा नगरे देशव्यापी आन्दोलनमा जाने बताए । यस्तै पूर्वसचिव द्वारिका ढुंगेलले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी समस्या समाधान गर्न कूटनीतिक पहललाई गति दिन अनुरोध गर्ने बताए ।

यसैगरि अभियानका संयोजक भैरव रिसालले वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै सरकारलाई जनस्तरबाट व्यापक दबाबको आवश्कता रहेको बताए ।

यस नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरु माझ वितरण गरिने पनि अभियानले जनाएको छ ।