९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


परशुराम धाममा मेला सुरु


0
Shares

डडेल्धुरा, पुस २९ । सुदूरपश्चिमको पवित्र प्रमुख धार्मिक पर्यटन क्षेत्र परशुराम धाममा मंगलबारदेखि मेला सुरु भएको छ ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको परिगाउँमा अवस्थित परशुरामधाममा प्रत्येक वर्ष मकर माघी संक्रान्तिका दिन स्नान सहित ठूलो मेला लाग्ने गरेको छ ।

पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले लामो कालखण्ड तपस्या गरेको सो पवित्र भुमिमा भगवान बिष्णुको छैटौं अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेको स्कन्द पुराणमा उल्लेख छ ।

डडेलधुरा सदरमुकामबाट करिब ९५ किलोमिटर टाढा भित्रिमधेशको जोगबुढाक्षेत्रको सिमाबर्ती महाकाली तटमा पर्ने यो प्रसिद्ध गंगास्नान तिर्थमा उत्तरभारत लगायत आन्तरिक पर्यटक, तीर्थयात्रीहरुले पितृश्राद्ध ,ब्रतबन्ध, बिवाहका साथै धार्मिक अनुष्ठान गर्ने गरेका छन् ।