
बैतडी, कात्तिक २८ । हरिबोधनी एकादशी मेलाको लागि बैतडीको पुर्चौडी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
कात्तिक २९ सोमबार सोमबार हरिबोधनी एकादशीका दिन ‘गिरेगडा काफलखाना मेला’ लाग्ने भएकोले सो दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार नै सोमबार सार्वजनिक बिदा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।
हरेक बर्षक कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गर्दछ । गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्