१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता


0
Shares

काठमाडौं, कात्तिक २८ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गर्नुभएको छ ।

विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो ।

मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उहाँले स्वकीय सचिवमार्फत प्रस्ताव दर्ता गराउनुभएको हो ।

मंगलबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव दर्ता गर्नुभएको हो । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने उहाँको योजना छ । ९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रतिपक्ष नेकपा एमालेसँग ४० र राप्रपाका एक जना सांसद् छन् ।